
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
जसमा संस्थापक सेयरधनी प्रभा गोयन्का भीमसरीयाको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदीपकुमार विडारीको ३५ हजार ९८० कित्ता रहेको छ ।
हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सो सेयर खरिद आवेदन दिन पाउनेछन् । यसका लागि काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र निवेदन गर्नुपर्नेछ ।
बैंकका अनुसार तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिन छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij