Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अंशवर्मा को 'सुनचाँदी धन सम्पती २' बजारमा (भिडियोसहित)

अंशवर्मा को 'सुनचाँदी धन सम्पती २' बजारमा (भिडियोसहित)

  • काठमाडौँ । चर्चित टिकटक स्टार अंशु वर्माको सुन चाँदी धन सम्पती २ गीत सार्वजनिक भएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच उक्त गीतको विमोचन गरिएको हो । प्रमुख अतिथी कलाकार दिपाश्री निरौला, संचारकर्मी विना श्रेष्ठ, गायिका रानु निरौला लगायत विभिन्न क्षेत्रका अतिथीहरुको सो कार्यक्रममा उपस्थीति रहेको थियो ।

    a3.png

    कलाकार दिपाश्री निरौलाले मोडल अंशु वर्माको प्रशंसा गर्दै नेपाली कला क्षेत्रमा चक्लेटी हिरोको खडेरी परेको भन्दै वर्मालाई नेपाली कलाकारिता क्षेत्रमा लाग्न सुझाव समेत दिनुभयो । एलिना चौहान र टेक वि.सीको स्वर रहेको उक्त गीतमा शब्द संगीत भीम वि.सी, संगीत संयोजनमा विश्व अधिकारी रहेका छन् । निर्देशक अनुप चन्द ठकुरीले म्युजिक भिडियोलाई कलात्मक ढंगले निर्देशन गरेका छन् ।

    सन्तोष तामाङले छांयाकन गरेको भिडियोलाई मीन रावलले सम्पादन गरेका हो । भिडियोमा अंशु वर्मालाई मोडल दिपीका थापाले साथ दिएकी छिन् । पछिल्लो समयमा नेपाली युवाहरु वैदेशिक रोजगारको लागी विदेशीनु पर्ने बाध्यताको तितो यर्थाततालाई पर्दामा उतार्ने प्रयास निर्देशक ठकुरीले गरेका छन् । 

    भिडियोसहितः

    https://youtu.be/Pln9fJwj6SY

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij