Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

तस्कर कस्नेहरुको छात्तीमा सरुवाको तक्मा !

तस्कर कस्नेहरुको छात्तीमा सरुवाको तक्मा !

  • काठमाडौं । प्रहरी अधिकृतहरु बिचमै वैमनश्य हुने र सिंगो प्रहरीको मनोबल घटने हिसाबले प्रहरीका एआइजीहरुको सरुवा भएको छ । त्यस सरुवा अत्यन्त विवादित बनेको समयमै काठमाडौं प्रहरी प्रमुखको रुपमा अत्यन्त राम्रो काम गरिरहेका एसएसपी दान बहादुर कार्की र अपराध महाशाखामा कार्यरत एसएसपी मनोज केसीको समेत सरुवा भएको छ । आफ्नो आफ्नो भूमिकामा एसएसपी दान बहादुर कार्की र मनोज केसी दुवैले गरेको काम, उनीहरुको समयमा तस्कर विचौलिया र भ्रष्टहरुको भागाभाग भएको सबैले सदैव सम्झिरहने छन् । जनताले त्यस्ता कामहरुको लागि ती अधिकृतहरुलाई सदैव सम्मान गरिरहने छन् ।

    झन जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने काठमाडौं जिल्ला प्रहरी प्रमुखको रुपमा दानबहादुर कार्कीले जनतासँग सकेसम्म मिजासपूर्ण सहकार्यमा समन्वय गरिरहे । सरुवा दुःखद हुनसक्छ । तर एसएसपी भुपेन्द्र खत्री जस्ता मान्छे काठमाडौं प्रहरी प्रमुखको रुपमा आएका छन् । यो चाहिं हाललाई कालो बादलको किनाराको चाँदीको घेरा नै मानौं । अनि अपराध महाशाखाको प्रमुख भएर आउने सौमेन्द्र राठोर पनि काम गर्ने क्षमता भएका अधिकृत हुन् ।

    May be an image of 2 people and text

    जे होस्, आजको मितिमा चाहिं असल काम गर्दा गर्दै पुरष्कृत हुनुको साटो सरुवा झेल्ने एसएसपी दानबहादुर कार्की र मनोज केसीलाई उनीहरुले गरेको कामको लागि हार्दिक आभार प्रकट गरौँ । नयाँ एसएसपीहरुलाई आम जनतामा विश्वास स्थापित गर्ने ढंगले काम गर्न सकोस् हार्दिक शुभकामना छ । - राधाकृष्ण देउजाबाट

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij