
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् । आज प्रदेश सभामा विश्वास मत लिनेसम्बन्धी नयाँ सूचना दर्ता गराएका छन् ।
गत साउन १६ गते गठबन्धन दलका तर्फबाट थापा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्च अदालतले पहिलोपटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा बदर गरिदिएको थियो । विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्र अर्थात् भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij