
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । सुन तस्करीको अभियोगमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति काठमाडौँबाटै पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनाएका छन् । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
ब्यूरोको टोलीले गत साउन ३१ गते पनि चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । प्रवक्ता कडायतका अनुसार सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij