Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नक्कली नोट छाप्ने पक्राउ

नक्कली नोट छाप्ने पक्राउ

  • काठमाडौं । काठमाडौंको नयाँबानेश्वरबाट नक्कली नोट छाप्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले बिहीबार पञ्चकुमारी मार्गको एक कोठाबाट २५ वर्षीय दिलिप राईलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    बुधबार प्रहरीले सोही आरोपमा विजय बस्नेतलाई पक्राउ गरेको थियो । बस्नेतलाई सोधपुछ गर्दा नक्कली नोट छाप्ने काम भइरहेको खुलेपछि उनकै माध्यमबाट प्रहरीले बिहीबार उक्त स्थानमा छापा मारेको थियो । त्यो कोठामा दुई वटा डेक्सटप र ३ वटा प्रिन्टर राखेर उनीहरूले रु ५ सय र १ हजारका सक्कली नोटबाट नक्कली नोट छाप्ने गरेका खुलेको छ ।

    उनीहरूको साथबाट रु ५ सयका‍‍ २१ थान र १ हजारका ३७  थान गरी रु ४७ हजार ५०० मूल्यका जम्मा ५८ थान नक्कली नोट फेला परेका छन् । उक्त स्थानबाट प्रहरीले क्यानन कम्पनीको फोटोकपी मेसिन, सेतो पेपर र कैँचीलगायतका सामान पनि बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij