
Jul 07 2025 | २०८२, असार २३ गते
ललितपुर । केही वर्ष पहिला मुलुकमा ३४ हजार ८ सय ३७ वटा सहकारी स्थापना भएको प्रतिवेदन सहकारी विभागले तयार पारेको थियो । तर, आज विभागले सार्वजनिक गरेको तथ्यांकमा २९ हजार ८ सय ८६ वटा प्रारम्भिक सहकारी संस्थाहरु रहेका छन् । नयाँ तथ्यांक अनुसार मुलुकमा ४ हजार ९ सय ५१ वटा सहकारी संस्था घटेको देखिएको छ । सहकारी विभागले गत साउनदेखि कात्तिक सम्म सातै प्रदेश तथा स्थानीय तहहरुसंगको सहकार्यमा तयार पारेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
यसैगरी विभागले मुलुकमा २० वटा विषयगत केन्द्रीय संघहरू, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २ सय ४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेको जनाएको छ । ‘कतिपय सहकारी संघरसंस्थाको एकीकरण भएको तथा कतिपय संस्था निश्कृय रहेको कारण प्रारम्भिक सहकारीको सङ्ख्या २९ हजार ८ सय ८६ कायम भएको प्रारम्भिक आकलन गरिएको’ विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij