Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

लागुऔषधसहित ५ जना पक्राउ

लागुऔषधसहित ५ जना पक्राउ

  • काठमाडौँ । विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही उपमहानगरपालिका-८ बस्ने ३१ वर्षीय रवी चन्द्र राई, उदयपुर गढी गाउँपालिका-८ बस्ने २५ वर्षीय ईन्द्र बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालका-५ बस्ने २४ वर्षीय सुजित डंगोल र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २४ वर्षीय संजिव राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार खेम चन्द्र र रवी चन्द्रलाई १ ग्राम ५८ मिलिग्राम, को.१ ह ६३९५ नम्बरको टेम्पोमा सवार ईन्द्रबहादुर र सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम तथा प्रदेश १-०१-०१४ प ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई २ सय ८० मिलिग्राम अवैध लागूऔषधसहित लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij