
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । नेपाली चलचित्र ऐंचो पैँचोको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ । राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ ।
कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्मको ट्रेलरमा अभिनेत्री स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको बताउनुभयो । फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । भदौको १४ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij