
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई बिहीबार पक्राउ गरेको हो ।
शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन । आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको शर्माले कांग्रेस नेताहरूलाई जानकारी दिएका छन् ।
केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए ।
गत मंसिरमा मोरङ क्षेत्र नम्बर ३ बाट भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए । शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij