
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिनादेखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार नयाँ पुजारीलाई मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
‘चार महिनाअघि एक पुजारीले राजीनामा गर्नु भएको थियो । रिक्त रहेको एक पुजारी नियुक्त गरेर आजमन्दिर प्रवेश गराएका छौँ,’ उनले भने ।
पशुपतिमा चार मुल पुजारी हुने गर्दछन् । तर, चार महिनादेखि तीन जना मात्र थिए । मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजीनामा दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij