
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् भवन बानेश्वरमा आज बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाइएको हो ।
संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखले संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्।
सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सो बैठकमा सहभागी हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij