
Sep 02 2025 | २०८२, भदौ १७ गते
काठमाडौं । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका- ४ पातलेपोखरामा आफ्नै श्रीमतीको हत्या गरी घरको भान्साकोठामा गाडेका श्रीमान किरण गुरुङ पक्राउ परेका छन् ।
हत्यापश्चात मृतकलाई कम्बलमा बेरेर भान्साकोठामा खाडल खनी गाडेको प्रहरीले जनाएको छ । मृतकको शव दुर्गन्ध आउन थालेपछि छरछिमेक र माइती पक्षले खोजतलासको लागि दिएको जानकारीका आधारमा प्रहरीले २०८२ भदौ १६ गते राति शव फेला पारी उत्खनन् गरी जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टमका लागि पठाएको हो ।
प्रहरीले घटनास्थलबाट बाँसको लाठि, हँसिया, गैँची, बेल्चा, सानो कोदालो र मदिराको बोतल बरामद गरेको छ । पक्राउ परेका किरणलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij