Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रीमतीको हत्या गरी भान्साकोठामा गाड्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरी भान्साकोठामा गाड्ने श्रीमान् पक्राउ

  • काठमाडौं । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका- ४ पातलेपोखरामा आफ्नै श्रीमतीको हत्या गरी घरको भान्साकोठामा गाडेका श्रीमान किरण गुरुङ पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi
    प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत आठ वर्षदेखि पातलेपोखरामा बस्दै आएका ३६ वर्षीय किरणले ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङलाई भदौ १२ गते राति विवादकै क्रममा बाँसको लाठि र हँसियाको पछाडिको भागले प्रहार गरी हत्या गरेका थिए ।

    हत्यापश्चात मृतकलाई कम्बलमा बेरेर भान्साकोठामा खाडल खनी गाडेको प्रहरीले जनाएको छ । मृतकको शव दुर्गन्ध आउन थालेपछि छरछिमेक र माइती पक्षले खोजतलासको लागि दिएको जानकारीका आधारमा प्रहरीले २०८२ भदौ १६ गते राति शव फेला पारी उत्खनन् गरी जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टमका लागि पठाएको हो ।

    AGNI GROUP

    प्रहरीले घटनास्थलबाट बाँसको लाठि, हँसिया, गैँची, बेल्चा, सानो कोदालो र मदिराको बोतल बरामद गरेको छ । पक्राउ परेका किरणलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

    अनुसन्धान क्रममा दुवैको दोस्रो विवाह रहेको, ९ वर्षीया एक छोरी रहेका र घटनाको बेलामा किरण मदिरा सेवन गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । किरणले सुमित्राकाे हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij