Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । आयोजक इन्फनिटी ड्रीम्स प्रालिले भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
भदौ २६ गतेसम्म दैनिक दुई खेल हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले एकअर्कासंग खेल्नेछन् । शीर्ष दुईमा हुने टोलीले भदौ २८ गते उपाधिका लागि भिड्नेछन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij