Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । १ सय ५७ किलो लागूऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले जितपुर सिमरा उपमहानरपालिका–२२ को जंगलबाट बरामद गरेको एसपी होविन्द्र बोगटीले बताए ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानरपालिका–१ का ३९ वर्षीय रोशन नेगी, भारत बहराइजका अलि अमहद भाट, भारत महोतीका २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार, २५ वर्षीय जागिरदिन मियाँ, मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ३० वर्षीय मुकेश लामा र जितपुर सिमराका २२ वर्षीय बुद्ध पाख्रिन गरेका छन् ।
लागूऔषध मुद्दामा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij