Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ

भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ

  • काठमाडौं । भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ परेका छन् ।  अवैध रुपमा भन्सार छली लुकाई छिपाई राखेका ३ लाखभन्दा बढी मूल्यका मोबाइलसहित ४० वर्षीय विशाल जैसवाल पक्राउ परेका हुन् ।

    images
    images
    images

    जैसवाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ निवासी हुन् । उनलाई आफ्नै घरबाट मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    उनको घरबाट स्क्रिनटच मोबाइल ३६ पिस, विभिन्न कम्पनीका सादा मोबाइल १० पिस र पावर वैँक ६ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

    ती मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार बराबर रहेको समेत अर्यालले बताए । पक्राउ परेका जैसवाल र बरामद मोबाइल भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij