
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । उच्च अदालत विराटनगरले ठगी तथा बैंकिङ कसुर मुद्दामा सफाइ दिएका लालबहादुर विक बुधबार कारागारमुक्त हुने भएका छन् । मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले विकलाई सफाइ दिएको थियो ।
लालबहादुरको रिहाइका लागि अदालतबाट कारागारमा पत्र तयार भइसकेको उच्च अदालत विराटनगरका सूचना अधिकारी निधिराम दाहालले जनाएका छन् । यता क्षेत्रीय कारागार झुम्काका कारागार प्रमुख भीम भट्टराईका अनुसार अदालतको पत्र आउनेबित्तिकै विश्वकर्माकाे रिहा प्रक्रिया अघि बढ्नेछ ।
तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार जिल्ला अदालतले मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो । सो फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij