
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका छन् । यसअघि गत असार २१ गते मात्रै पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका उनी मङ्गलबार दोस्रोपटक नियुक्त भएका हुन् ।
मुख्यमन्त्री बनेको २१ दिनमा साउन ११ गते सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरेको थियो । यसपछि प्रदेश प्रमुख परशुराम खापुङले ४ दिनभित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान जारी गरेका थिए । त्यसमा कोशी कांग्रेसका संसदीय दलका नेता थापाले दाबी पेश गरेका थिए ।
प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर थापाको समर्थनमा हस्ताक्षर गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij