
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका १ लहना थाम्बालकी ६७ वर्षीया दिलकुमारी महर्जन रहेकी प्रहरीले जनाएको छ ।
आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा मंगलवार बिहान उनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij