
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित कपिलवस्तु नगरपालिका-१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij