
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सिँचाइका लागि खेतमा पानी तान्ने मोटर लगाउने क्रममा करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका–६ का ३५ वर्षीय उमेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान धान खेतीका लागि खेतमा पानी तान्ने मोटर लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण अस्पताल राजविराज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij