
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं। एलन मस्कले ट्विटरको लोगो फेरेका छन् । मस्कले ट्विटरको नयाँ लोगोमा अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् । यसअघि, ट्विटरको लोगोमा ‘निलो चरा’ थियो ।
ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर ‘एक्स’ देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयासका बाबजुद ‘निलो चरा’को सट्टा ‘कुकुर’ अंकित लोगो सार्वजनिक गरेका थिए । तर, व्यापक विरोधका कमेन्टहरू आउन थालेपछि उक्त लोगो हटाएर पुनस् चराकै लोगो राखेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij