
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । पाल्पाको सर्देवास्थित सीजी सिमेन्ट उद्योग भित्रको भर्याङ खस्दा १३ जना कामदार घाइते भएका छन् । बुधबार अपराह्न ४ बजेतिर क्लिङ्कर खस्ने स्थानमा पुराना इँटा हटाइ नयाँ इँटा राख्ने क्रममा भर्याङ खसेर १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरुमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij