
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि, गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij