Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

करेन्ट लागेर रौतहटमा यो वर्ष १२ जनाको मृत्यु

करेन्ट लागेर रौतहटमा यो वर्ष १२ जनाको मृत्यु

  • काठमाडौं । जिल्लामा करेन्ट लागेर चालू आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष सकिन ४ दिन मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानमा करेन्ट लागेर १२ जनाको मृत्यु भएको हो । 

    images
    images
    images

    बुधवार मात्रै गरुडा नगरपालिका–८ स्थित बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह मोहम्मदको करेन्ट लागेर मृत्यु भएको छ ।  आफ्नै घरमा विद्युतीय हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

    यससँगै रौतहटमा यो आर्थिक वर्षमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवले बताए । जिल्लामा सबैभन्दा बढी विद्युत् मोटरबाट करेन्ट लागेर  मृत्यु भएको देखिन्छ ।

    मोटरबाट खेतमा पानी पठाउँदा, नुहाउने क्रममा, तार जोड्ने क्रममा तथा मोबाइल चार्ज गर्दा करेन्ट लाग्ने गरेको प्रहरीको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij