Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा १२ जना कर्मचारी सम्मानित

लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा १२ जना कर्मचारी सम्मानित

  • काठमाडौँ । लुम्बिनी विकास बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं. ७ वसुन्धरा, धापासीमा अवस्थित ‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरूलाई विद्यालय पोसाक वितरण गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    साथै, बैंकले २० वर्ष भन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा प्रदान गरेका १२ जना कर्मचारीहरूलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रूपमा कर्मचारीहरूलाई दीर्घसेवा पदक र मायाको चिनो प्रदान गरे ।

    AGNI GROUP

    बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष चिन्तामणि भट्टराईले सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरूलाई शुभकामना तथा बधाई दिएका थिए ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij