
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । मिटरब्याज विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । पछिल्लो समय सरकारले मिटरब्याज विरुद्धको कानून पारित गराउने तयारी गरेको थियो ।
तर, एमाले लगायतका दलहरुको अवरोधको कारण उक्त कानून सदनबाट पारित हुन सकेको छैन् । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर सदन अवरोध गरिरहेको छ ।
तर, आज बसेको शीर्ष नेताहरुको बैठकमा सदनको अवरोध हटाउने सहमति भएको छ । यता, मिटरब्याज पिडितहरुले भने काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले ठूला-ठूला ब्यानर बनाएर सदन घेराउ भनेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij