Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपलिका-३ र ८ बाट तीन जनालाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    धनगढी उपमहानगरपालिका-३ को सब्जिमण्डीबाट १९० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) २० वर्षीय ज्ञानु धामी र २० वर्षकै मनोज केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।

    जिप्रकाबाट खटिएको टोलीले गएराति शंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरेको डीएसपी चन्दले बताए ।
    यस्तै वडा नम्बर ८ को धनगढी गाउँबाट छ मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित ३४ वर्षीय राम बिलाश रानालाई पक्राउ गरिएको छ ।

    उनलाई बुधबार साँझतिर पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij