
Apr 07 2025 | २०८१, चैत २५ गते
ललितपुरको इमाडोलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भई इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भन्ने पासाङ बमजन छन् ।
उनीबाट प्रहरीले ५ सय रुपैयाँका एक सय ६० थान नक्कली नोट बरामद गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij