Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मुग्लिङ नारायणगढ सडकमा पहिरो, यात्रीहरुको पीडा गहिरो !

मुग्लिङ नारायणगढ सडकमा पहिरो, यात्रीहरुको पीडा गहिरो !

  • काठमाडौं । चितवनको मुग्लिन नजिकै पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । अहिले पनि पहिरो खस्ने क्रम जारी छ । 
    मुग्लिनदेखि नारायणगढ तर्फ करिब दुई किलोमिटरमा पर्ने तीन नम्बर पुल नजिकै खसेको पहिरोका कारण हिजो दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन ।

    पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको तामाङको भनाइ छ । हिजोदेखि सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोरेका छन् । 

    काठमाडौंबाट चितवन तर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij