Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सरकारी स्वामित्वको अस्पतालमा बढ्यो सुविधा

सरकारी स्वामित्वको अस्पतालमा बढ्यो सुविधा

  • काठमाडौं । सरकारी स्वामित्वका अस्पतालहरुमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुका लागि छुट्याइने  नि: शुल्क शय्याको संख्या बढ्न थालेको छ। अब देशभरका विभिन्न अस्पतालमा गरी २ हजार २८ शय्या निस्शुल्क हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उपचार अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र गरिब वा असहायहरुले सहजरुपमा उपचार पाउन भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको मन्त्री बस्नेतले बताए।मन्त्री बस्नेतका अनुसार वीर अस्पतालमा ७००, कान्ति बाल अस्पतालमा  २४८, टेकुको  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा  ६०, प्रसूति गृह थापाथली ४५०, शहिद गंगालाल हृदय केन्द्र ९०, ट्रमा सेन्टरमा १५० र कोशी अस्पतालमा ३३० शय्या निस्शुल्क उपलब्ध हुने भएको हो ।

    AGNI GROUP

    त्यस्तै मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थमा लगाएको करबाट राज्यले ६ अर्ब राजस्व असुल गर्ने, तर स्वास्थ्यमा लगानी कम गर्ने कुरा मान्य नहुने भन्दै सबै रकम वा अधिकांश हिस्सा मन्त्रालयले पाउनुपर्ने कुरामा जोड दिए । सरकारले उक्त शीर्षकवाट असुल भएको रकम मध्ये ४०  करोड मात्र स्वास्थ्यले पाएको भन्दै यो रकम बढाउनुपर्ने मन्त्री बस्नेत बताए । 

    उनले देशभरका सरकारी अस्पतालहरुको आफूले निरिक्षण गरिरहेकोले सबै अस्पतालहरुको स्तरोन्नतीदेखि सबैको उपचारमा पहुँचयोग्य बनाउने कुरा आफ्नो प्राथमिकता रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij