
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हिजो विद्युत् आपूर्ति बन्द हुँदा डाउन भएका सरकारी वेबसाइटहरु खुल्न थालेका छन् । तर सबै वेबसाइट खुलिसकेका छैनन् ।
हिजो दिउँसो साढे १ बजे नेपाल विद्युत् प्राधिकरणको सिंहदरबारमा रहेको ट्रान्सफर्मरमा विस्फोट भएर विद्युत् आपूर्ति बन्द भएपछि केन्द्रमा विद्युत् सेवा रोकिएको थियो ।
केन्द्रमा रहेको जेनेरेटर पनि बढी तातेपछि विद्युत् सेवा ठप्प भएको र यसबाट केन्द्रका उपकरण बन्द भइ सरकारी वेबसाइटहरु डाउन भएका केन्द्रका सूचना अधिकारी सफल श्रेष्ठले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ घण्टा सेवा अवरुद्ध भएको थियो ।
अनलाइन मार्फत अत्यावश्यक सेवा दिइरहेका कार्यालयहरुको वेबसाइट संचालन गरिसकेको र बाँकीको पनि संचालन गर्ने काम चलिरहेको केन्द्रका सूचना अधिकारी एवम् उप–निर्देशक श्रेष्ठले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij