
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । नेपाल स्काउटले गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई सम्मान गरेको छ । स्काउटको ७२ औँ स्पाना दिवसको अवसरमा महर्जनलाई कदर पत्रसहित सम्मान गरेको हो । स्काउटको स्थानीय पालिकाको संरक्षकको हैसियतमा स्काउटको वृद्धि, विकास र बिस्तारका लागि महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको स्काउटले जनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले उक्त कदर पत्र प्रदान गरेका हुन् । महर्जनले नगरपालिकाभित्रका सामुदायिक विद्यालयका स्काउट पढाउने शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् ।
उनले नगरपालिकामै स्काउटको कार्यालय स्थापना गरेर गतिविधि संचालन गराउँदै आएका छन् । त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई स्काउटको पोशाक वितरण गर्दै आएका छन् । सबै विद्यालयमा स्काउट शिक्षा अनिवार्य गराउने उनको लक्ष्य छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij