
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । भारतीय चलचित्र ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको छ ।यो निर्णयसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ ।
प्रेस विज्ञप्ति जारी गरी भारतीय फिल्म ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण देशभर प्रदर्शन रोकिएको जनाएका छन् ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले फिल्ममा जानकीलाई भारतकी छोरी भनेर देखाएको भन्दै महानगरभित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए । काठमाडौंका फिल्म हलले आज बिहानदेखि प्रदर्शन रोकेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij