Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

गोरखामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

गोरखामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

  • काठमाडौं । गोरखा नगरपालिका गोरखाले आयोजना भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट दुई सय ३५ जनाले सेवा लिएका छन् । नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, स्त्री रोग, बाथ रोग, जोर्नी दुखाइलगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको उनले बताए।

    AGNI GROUP

    स्वास्थ्य शिविरमा उपचारका लागि आएका थप १६१ जनाले ब्लड सुगर परीक्षण गरिएको प्रमुख श्रेष्ठले बताए । शिविरमा आएका उपचार सेवा लिएकाहरु औषधिसमेत वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij