
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार कपनस्थित निवासमा आज बिहान उनको निधन भएको हो । अहिले ११ बजे दिवङ्गत थपलियाको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । उनका चार छोरा र तीन छोरी रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij