
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नको आरोपमा पक्राउ परेका १८ जना प्रतिवादीकै बहस सकिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा गत जेठ २४ बाट सुरु प्रतिवादीहरूको बहस बिहीबार सकिएको हो । बहस सकिएकाले शुक्रबार सरकारी पक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । आज दिउँसो २ बजे अगाडि नै बहस सक्न न्यायाधीश न्यौपानेले सरकारी वकिललाई निर्देशन दिएका छन् ।
तोकेको समयसीमाभित्र बहस सकिएमा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा साधारण तारिकमा छाड्ने भन्ने आदेश आजै आउने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij