
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ ।
सोमवार अपरान्ह लामो समयदेखि लगभग अचेत अवस्थामा रहेकी दाहाललाई नर्भिकमा लगिएको हो । नियमित चेकअपका लागि लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि उनलाई मेडिसिटी लगिने गरेको थियो ।
सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार थप जानकारी औपचारिक रुपमा गराइनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij