
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । त्रिभुवन साहले जेठ २१ गते जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।
उक्त रिट निवेदनमाथि सुनुवाई हुने गरी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सोमबार पेसी तोकिएको छ । यसअघि जेठ २२ गते उक्त रिट निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।
२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij