
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वाेच्च अदालतमा दर्ता भएको छ ।
आइतबार सर्वाेच्च अदालतले पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई दर्ता गरेको हो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।
सोही आदेशअनुसार आइतबार रिट दर्ता गरिएको निवेदक विष्टले जानकारी दिए । तत्कालीन माओवादीले नाबालकलाई बालसेनाको रुपमा प्रयोग गरेर युद्धअपराध गरेको दाबी गर्दै रिट निवेदनमा प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गरिनुपर्ने माग गरिएको छ । उक्त रिटमाथि मंगलबार सुनुवाइको मिति तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij