
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । गरिमा विकास बैंकको सेयर आजबाट बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
हाललाई विद्यमान संस्थापकले मात्र यो सेयरमा खरिद आवेदन दिन पाउनेछन् । काठमाण्डौको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकका अनुसार तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij