
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला परेको छ । शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए । गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो ।
उक्त दुर्घटना हुँदा दुई जना कर्मचारीको शव फेला परिसकेको थियो । शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij