Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सर्वोच्चले माग्यो नागरिक विधेयक प्रमाणिकरणको प्रतिलिपि

सर्वोच्चले माग्यो नागरिक विधेयक प्रमाणिकरणको प्रतिलिपि

  • काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता विधेयक सम्बन्धी मुद्दामा राष्ट्रपतिले गरेको प्रमाणीकरणको प्रतिलिपि मागेको छ । राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सर्वोच्चका न्यायाधीशद्वय प्रकशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले कागजात झिकाउन आदेश दिएको हो ।

    images
    images
    images

    नागरिकता प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि सर्वोच्चले झिकाएको छ । त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयको प्रमाणित प्रतिलिपि पनि मागेको छ ।

    जेठ १७ गते राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । जेठ १२ गते मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । आगामी जेठ ३० गते यसमाथि सुनुवाइ हुने भएको छ ।

    त्यसदिन अन्तरिम आदेश दिने कि नदिने भन्ने तय हुनेछ । यसअघि जेठ २१ मा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । जसले गर्दा नागरिकता विधेयक कार्यान्वयनमा आएको छैन ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij