
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । भारतको उत्तर प्रदेशको बस्ती जिल्लामा एक नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।बस्तीका प्रहरी उपरीक्षक गोपालकृष्ण चौधरीले बीबीसीसँगको कुराकानीमा बलात्कार भएको पुष्टि गरेका छन् ।
जारी विज्ञप्ति अनुसार दर्ता भएको २४ घण्टाभित्र दुई जना अभियुक्तलाई पक्राउ गरिएको छ र अन्य अभियुक्तलाई पनि छिट्टै पक्राउ गरी अन्य आवश्यक कानुनी कारबाही गरिने छ । यो घटना जिल्लाको गौर थाना क्षेत्रको हो । घटनापछि स्थानीयले सडक अवरुद्ध गर्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij