
Aug 05 2025 | २०८२, साउन २० गते
साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ७८ अंकले घटेर २८३३ दशमलव ५७ को विन्दुमा पुगेको छ ।
मंगलबार ३२५ कम्पनीका १ लाख ३० हजार ९५३ पटकको कारोबारमा २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ रहेको छ ।
४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ । समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij