Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथ भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद बाँस्कोटाले उनीहरुलाई शपथ खुवाएका हुन् ।
सरकार साझेदार नेकपा एमालेले सबै मन्त्री टुंग्याउँदा नेपाली कांग्रेसले एउटामात्र मन्त्रीको मन्त्रालय टुंग्याएर एउटा विनाविभागीय मन्त्रीलाई शपथ खुवाएको छ भने ५ मन्त्रीको नियुक्ति नै बाँकी राखिएको छ ।
नेपाली कांग्रेसबाट शपथ भएका मुख्यमन्त्री र मन्त्रीहरू
१. इन्द्रबहादुर बानियाँः मुख्यमन्त्री
३. शिवराज अधिकारीः बिना विभागीय मन्त्री
५ मन्त्रालयमा मन्त्री रिक्त
नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू
१. मधुसुदन पौडेलः कृषि तथा पशुपंछी विकास मन्त्री
२. डा. दिनेश चन्द्र देवकोटाः भौतिक पूर्वाधार विकासमन्त्री
३. जयराम थापाः श्रम रोजगार तथा यातायात मन्त्री
४. भरतबहादुर केसीः वन तथा वातावरणमन्त्री
५. किरण थापाः स्वास्थ्य मन्त्री
६. बिन्दु श्रेष्ठः उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij