
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । सिन्धुलीमा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका-७ गढौली का ६९ वर्षीय मानबहादुर लामाको रुखबाट खसेको हाँगोले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हावाहुरीले ढालेको रुख अर्को रुखमा अड्किएको र उक्त रुख खसाउने क्रममा आज लामा घाइते भएका थिए । उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुली लामाको मृत्यु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij