
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । पर्सा र चितवनमा नक्कली नोट फेला परेको छ । वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली फेला परेको हो। प्रहरीले नक्कली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको छ ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-३ शहीद चोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारतीय पुरुष समातिएका छन् । भारतको मध्य प्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले १ हजारको नक्कली नोट दिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij