
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा टिपर र निशान गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।बा.५ ख ११६० नम्बरको गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर सोमबार राति ठोक्किएको थियो ।
मृत्यु हुनेमा गाडीका चालक रामेछाप मन्थली गाउँपालिका-७ घर भई काठमाडौंको तेजबिनायक बस्ने १९ वर्षीय डिलबहादुर माझी रहेका छन् । दुटर्घनामा गम्भीर घाइते भएका माझीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घाइते भएका टिपर चालकको पनि सोही अस्पतालमा उपचार भइरेहको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij