
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडाैं । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सदरमुकाम गमगढीबाट बामतर्फ खानेपानीको पाइप लिएर जाँदै गरेको लु ४ त ७३ ६८ नम्बरको ट्रयाक्टर गएराति ११ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालक रारा नगरपालिका–१४, फाइपाटाका अन्दाजी २३ वर्षीय कासीराम बडुवाल र सहचालक सोही ठाउँका २५ वर्षीय शिव बडुवालको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बाम मुगुले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij